सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेर २६७७.८० विन्दुमा पुगेको छ। लगातार चौथो दिन बढेको बजारमा अधिकांश कम्पनी र सबै समूहगत सूचक उकालो लागे। सबल कम्पनीलाई सेयर धितो कर्जा सीमा ८० प्रतिशतसम्म पुर्याउने राष्ट्र बैंकको व्यवस्था, पर्याप्त तरलता, न्यून ब्याजदर र सेबोनको नीतिले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिएको छ।

