सेयर बजार लगातार छैटौँ कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा पुगेको छ। ३४३ कम्पनीको ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा रिडी पावर सबैभन्दा बढी कारोबार भएको कम्पनी बन्यो। एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।


