राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विभागका महानिर्देशक, निर्देशकसहित विभिन्न व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ। ठेक्का प्रक्रियामा राजनीतिक पहुँच र मिलेमतोको आधारमा अनियमितता भएको आरोप पनि लगाइएको छ।


