प्रतिनिधिसभाको अर्थ समितिले पुँजी बजार, बैंकिङ तथा वित्तीय प्रणाली सुधारका विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ। सांसदहरूले सेबोनसँग बजार सुधार, आईपीओ स्वीकृति, नयाँ वित्तीय उपकरण, लगानीकर्ताको विश्वास, संस्थागत लगानी विस्तार र नीतिगत स्थायित्वका लागि स्पष्ट कार्ययोजना माग गरेका छन्।

