नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा पुगेको छ। अघिल्लो दिन पनि बजार उच्च अंकले घटेको थियो। आज १२ अर्ब ९६ करोड रुपैयाँको कारोबार हुँदा अधिकांश कम्पनीको मूल्य घटेको छ। सबै उपसमूह ओरालो लागेका छन् भने निर्जीवन बिमा, लाइफ इन्स्योरेन्स र व्यापार समूहमा उल्लेख्य गिरावट देखिएको छ। केही कम्पनीको सेयर भने सर्किट लेभलमा कारोबार भयो।

