स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन्। अनावश्यक जाँच, गलत दाबी र वित्तीय असन्तुलन मुख्य समस्या रहेको उनको भनाइ छ। यसलाई रोक्न १९ बुँदे कार्ययोजना र सेवाग्राहीलाई एसएमएस सूचना प्रणाली लागू गरिने उनले बताइन्।

