ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्। २०८३ जेठ ३१ गते नेपालबाट भारत र बंगलादेशतर्फ करिब ६०० मेगावाट विद्युत् निर्यात गरिएको उनले जानकारी दिए। यसले उत्पादन क्षमता वृद्धि, प्रसारण पूर्वाधार सुदृढीकरण र क्षेत्रीय ऊर्जा सहकार्य मजबुत भएको सरकारको दाबी छ।

