सुनसरीको देवानगञ्ज घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित सुरक्षा प्रमुखलाई फिर्ता बोलाएको छ। घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ भने देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

