शुक्रबार नेपालको सेयरबजारमा कारोबार रकम र सूचक दुवैमा सुधार देखिएको छ। कुल ४ अर्ब ४९ करोडभन्दा बढीको कारोबार हुँदा नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको हो। आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको दिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने व्यापार समूहबाहेक सबै उपसूचक हरिया बनेका छन्।

