नेपाल राष्ट्र बैंकले एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ङ’ निष्कासन गर्ने भएको छ। यसको बोलकबोल पुस २३ गते अनलाइनमार्फत हुनेछ। ब्याजदर बोलकबोलबाटै तय हुनेछ भने सावाँ २०८३ पुस २३ मा भुक्तानी हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।


