श्रम मन्त्रालयले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ । सचिव डा. दीपक काफ्लेका अनुसार कानुनी र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले थप सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढाएको छ भने १०० फर्ममा श्रम अडिट, सीप केन्द्र विस्तार र सामाजिक सुरक्षा कार्यक्रमलाई पनि तीव्रता दिएको छ ।

