मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भयो। १९० कम्पनीको सेयर मूल्य घट्दा निर्जीवन बीमा समूह मात्रै बढ्यो। कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशत बढ्दा सुपर खुदी हाइड्रोपावर सबैभन्दा धेरै घटेको छ।


