सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। न्यायपरिषद्को निर्णयपछि उनको नाम अघि सारिएको हो। वरिष्ठताको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो। संसदीय सुनुवाइबाट अनुमोदन भए उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन्। २०७६ मा सर्वोच्चमा नियुक्त शर्मा पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्ने सम्भावना भएका प्रधानन्यायाधीशका रूपमा हेरिएका छन्।
ह्यासट्याग

