बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेर ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनी घटेका छन् । सबै समूहका सूचक हरियालीमा देखिएका छन् । अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ ।

