रास्वपाका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको बताएका छन् । संसद् परिसरमा उनले सबैको लक्ष्य राष्ट्र निर्माण भएकाले गुटको सम्भावना नरहेको दाबी गरे । आगामी महाधिवेशनले लोकतान्त्रिक रूपमा जिम्मेवारी टुङ्ग्याउने भन्दै सभापति रवि लामिछानेको विकल्प पार्टी वा जनताले नखोजेको बताए । उनले सरकार र संसद् दुवै फास्ट ट्रयाकमा काम गरिरहेको पनि उल्लेख गरे ।

