नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संविधानका आधारभूत विषयमा कुनै सम्झौता नहुने बताएका छन्। संविधान संशोधनअघि सरकारसँग स्पष्ट प्राथमिकता, समस्या पहिचान र पारदर्शी प्रक्रिया आवश्यक रहेको भन्दै उनले कार्यदलको गठन र कार्यविधिमाथि पनि प्रश्न उठाएका छन्।

