प्रतिनिधिसभाका सांसदहरूले काठमाडौं उपत्यकासहित देशभरको खानेपानी समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनीहरूले खानेपानी नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकता भएकाले तीन तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। खानेपानी आपूर्ति सरकारको दायित्व भए पनि समस्या समाधानमा अपेक्षित काम हुन नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।


