दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को बिहीबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक प्रतियोगिताको मिति तय गरेको हो। कर्णाली प्रदेशमा हुने प्रतियोगिता यसअघि पटकपटक मिति तोकिए पनि पूर्वाधार अभाव, आर्थिक समस्या र अन्य कारणले आयोजना हुन सकेको थिएन। यसपटक तोकिएको मितिमा प्रतियोगिता सञ्चालन हुने राखेपले जनाएको छ।


