चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सेप्टेम्बर १२ मा भारत आउने भएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ सेप्टेम्बर १२–१३ मा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी भारत भ्रमणमा आउन लागेका हुन्। गलवान झडपपछि पहिलोपटक भारत भ्रमण गर्न लागेका सीको उपस्थितिले पछिल्लो समय सुधार हुँदै गएको चीन–भारत सम्बन्धलाई थप गति दिन सक्ने विश्लेषण गरिएको छ।

