नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला समापनका क्रममा ‘सनातन हिन्दु राष्ट्र’ शब्दावली समेट्ने विषयमा नेताहरूबीच विवाद भएको छ। नेता शंकर भण्डारीले सनातन धर्मबारे धारणा राख्न आग्रह गरेपछि प्रस्तावमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समेटिएको थियो। नेता विमलेन्द्र निधिले संविधानविपरीत विषय नसमेट्न आग्रह गर्दै संशोधनको प्रयास गरेपछि नेताहरूबीच कागज खोसाखोससम्मको अवस्था सिर्जना भएको थियो।

