नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा जीवनकै सबैभन्दा बढी निन्दा र आलोचना खेपेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले जन्मेदेखि अहिलेसम्म नभोगेको स्तरको आलोचना पछिल्ला तीन दिनमा भोगेको बताए। शेरबहादुर देउवा समूहले आयोजना गरेको कांग्रेसको राष्ट्रिय भेलामा आफ्नो आलोचना भएपछि थापाले यस्तो टिप्पणी गरेका हुन्।

