प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धीरज सेठबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आएका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उनी बुधबार भारत फर्किने कार्यक्रम रहेको छ।

