रसुवामा आएको बाढीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना सम्पर्कमा नआएको सम्बन्धित निकायले जनाएको छ। बाढीका कारण टिमुरे, स्याफ्रुवेशी, रसुवागढी र मैलुङस्थित प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ। केही सुरक्षाकर्मी क्रमशः सम्पर्कमा आउने अपेक्षा गरिए पनि सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।


