भोटेकोशीमा आएको विनाशकारी बाढीपछि गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको बैठकमा खोज, उद्धार र राहतका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराउने भएका छन्। संसद् सचिवालयका अनुसार केही बेरमा बस्ने बैठकमा बाढीको पछिल्लो अवस्थाबारे पनि जानकारी दिइनेछ। आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ। बैठकमा गृहमन्त्रीको जवाफ र आकस्मिक समय राख्दै पूर्वनिर्धारित कार्यसूची परिवर्तन गर्ने तयारी गरिएको छ।


