मन्त्रिपरिषद्ले संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन नेतृत्वको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन जाने प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार टोली असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने असोज १० गते स्वदेश फर्किनेछ।

