जेनजी आन्दोलन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। आयोगले बयान लिने प्रक्रिया पूरा भएपछि स्थानहदको औचित्य सकिएको जनाएको हो। यसअघि विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाइएको थियो। अन्य पूर्व अधिकारीहरूको स्थानहद यसअघि नै फुकुवा भइसकेको थियो।

