नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन दुई लाख ६८ हजार १०० थियो। चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेर ४ हजार ९३५ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

