काठमाडौं मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह रास्वपा वरिष्ठ नेताको रूपमा मधेशको राजधानी जनकपुर पुगेका छन्। मधेश आन्दोलनको सम्झनामा अभियान थाल्दै उनले संघीयता र समावेशीताप्रति अपनत्व जनाएका छन्। अघिल्लो चुनावमा कमजोर रहेको मधेशमा रास्वपाले यसपटक बलियो प्रभाव जमाउने रणनीति लिएको छ।

