राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई माघ ५ मा पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको आरोपमा बयान लिई हाजिर जमानीमा रिहा गरेको छ। उनले फागुन १ देखि सुरु गरेको आन्दोलन पनि रोकिएको छ।

