राष्ट्रिय मानवअधिकार आयोगले फागुन २१ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोपप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। आयोगले सामाजिक सञ्जालमा शिष्ट भाषा प्रयोग गर्न, मानव अधिकार र शान्तिसुरक्षालाई ध्यानमा राख्न तथा निर्वाचन आचारसंहिताको पालना गर्न नेता, उम्मेदवार र सर्वसाधारणलाई आग्रह गरेको छ।

