बिहीबार नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० पुगेको छ। बैंकिङ, जलविद्युत्, जीवन बीमा र अन्य समूहगत सूचकमा वृद्धि देखिएको छ। ३ सय २६ कम्पनीका ३ करोड ५५ लाखभन्दा बढी सेयर ११.५८ अर्ब रुपैयाँ बराबर कारोबार भएका छन्। ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ५५ कम्पनीको मूल्य बढेको छ।

