आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा ४ रनले पराजित गरेको छ। २० ओभरको खेल १८७ रनमा बराबरी भएपछि पहिलो सुपर ओभर पनि बराबरी रह्यो। रहमनुल्लाह गुरबाजले अफगानिस्तानका लागि ८४ रन बनाए। दक्षिण अफ्रिकाको यो दोस्रो जित हो।


