भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटमा जिम्बाब्वेले कोलम्बोमा अस्ट्रेलियालाई २३ रनले हरायो। पहिले ब्याटिङ गर्दै जिम्बाब्वेले २ विकेटमा १६९ रन बनायो। १७० रन पछ्याएको अस्ट्रेलिया १४६ रनमै अलआउट भयो। ब्रायन बेनेट ६४ रनमा अविजित रहे। मुजराबानीले ४ विकेट लिए। हारपछि अस्ट्रेलिया समूह बीमा तेस्रो स्थानमा झर्यो, जिम्बाब्वे र श्रीलंका शीर्षमा छन्।

