केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले काठमाडौंको माइतीघर–बबरमहलसहित देशभर प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउँदै कार्यकर्ताहरू आन्दोलनमा उत्रिएका हुन्। हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि निरन्तर जारी रहेको छ।


