पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न सरकारी वकिलले अदालतसँग माग गरेको छ। काठमाडौं जिल्ला अदालतमा म्याद थप सुनुवाइ भइरहेको छ, जहाँ ओली स्वास्थ्यका कारण भर्चुअल रूपमा उपस्थित छन् भने लेखक इजलासमै छन्।
