नेपाली बजारमा आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि २ सय ७० रुपैयाँ बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ।

