नेपाली क्रिकेट टोली इङल्यान्डसँग खेल्दै आईसीसी टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ। नेपालले वानखेडे स्टेडियममा सबै समूह खेल खेल्नेछ। कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली उच्च मनोबलमा रहेको छ। नेपालले इङल्यान्ड र वेष्ट इण्डिजसँग खेल्दै सुपर ८ मा स्थान बनाउन चाहन्छ। नेपाली टोलीले अभ्यास खेलमा युएई र क्यानडालाई हराएको थियो।

