सेयर बजार बिहीबार १४.१७ अंकले बढेर नेप्से २७२६.७२ बिन्दुमा पुगेको छ। कुल ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार हुँदा १५३ कम्पनीको सेयर मूल्य बढ्यो, १११ कम्पनीको घट्यो र १२ कम्पनी स्थिर रहे। लगानी र अन्य समूहबाहेक सबै समूहमा हरियाली देखियो भने एक कम्पनीको कारोबार २८ करोड रुपैयाँसम्म पुगेको छ।

