शुक्रबार सेयर बजार ११.३७ अंकले घट्दै लगातार दोस्रो दिन ओरालो लागेको छ। दिनभर बजारले सुधारको संकेत देखाउन सकेन। ७४ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको घट्यो। कारोबार रकम भने बढेर ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। फाइनान्स समूह २.७७ प्रतिशतले उकालो लाग्दा कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ।


