नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ मंगलबार सकिएको छ। जेठ २७ देखि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भएको बहसपछि आजै फैसला सुनाउने तयारी गरिएको छ। पूर्वमन्त्री, पूर्वसचिवसहित ३० जनाविरुद्ध ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो।


