नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टु युएफसी सिजन ५ को क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्। मकाउमा भएको प्रतिस्पर्धामा हजारौं नेपाली समर्थकले उनलाई साथ दिएका थिए। ‘बझाङको बाघ’ नामले चिनिने रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली बनेका छन्। अब उनले जापान वा न्युजिल्यान्डका प्रतिस्पर्धीसँग सेमिफाइनल खेल्नेछन्।

