अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एचके इन्टरप्राइजेजलाई राजस्व चुहावट अनुसन्धानबाट बचाउन रकम लिएको आरोप छ। घुस रकमबाट किनेको जग्गा जफत र सम्पत्ति शुद्धीकरणसम्बन्धी मागसमेत गरिएको छ।

