अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार गठन गर्दा ३० खर्ब रुपैयाँको सार्वजनिक ऋणको दायित्व प्राप्त भएको बताएका छन्। प्रतिनिधिसभामा उनले विगत १० वर्षमा नेपालको ऋण–जीडीपी अनुपात २५ प्रतिशतबाट ४३ प्रतिशत पुगेको उल्लेख गर्दै अब ऋण व्यवस्थापनसँगै आन्तरिक राजस्व बढाएर ऋणको भार स्थिर राख्ने सरकारको लक्ष्य रहेको बताए।


