अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको निर्वाचन विवादले नेपाली फुटबलको भविष्य संकटमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ। एन्फाले ‘अर्ली इलेक्सन’ अघि बढाउने अडान लिएको छ भने राखेपले पटक–पटक रोक्न निर्देशन दिइरहेको छ। तहगत निर्वाचन नगरी केन्द्रिय निर्वाचन अघि बढाउने प्रयासले वैधानिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रश्न उठाएको छ। विवादका कारण राष्ट्रिय लिग र महिला लिग स्थगित भएका छन्।

