दीपेन्द्र सिंह ऐरीको ५८ रनको अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकपमा वेस्ट इन्डिज सामु १३४ रनको लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। सोमपाल कामी २६ रनमा अविजित रहे भने जेसन होल्डरले ४ विकेट लिए। शीर्षक्रम असफल रहँदा ऐरी र सोमपालले महत्वपूर्ण साझेदारी गरेका थिए।


