राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्व महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेषज्ञ झिकाउने आदेश दिएको छ। अदालतले महालेखा परीक्षक, आन्तरिक राजस्व विभाग र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विज्ञ बोलाउन निर्देशन दिएको हो। अख्तियारले १० अर्बभन्दा बढी राजस्व छुट दिएको आरोप लगाएको छ।


