मलेसिया फुटबल संघले एएफसी एसियन कप २०२७ छनोटमा अयोग्य खेलाडी उतारेको ठहर भएको छ। डिसिप्लिनरी तथा इथिक्स कमिटीले नेपाल र भियतनामविरुद्धका खेलमा नियम उल्लंघन भएको जनाएको छ। नतिजा उल्टिँदै दुवै खेल ३–० ले नेपाल र भियतनामको पक्षमा गएको छ। यससँगै नेपालले पहिलो ३ अंक पाएको छ भने मलेसियालाई ५० हजार डलर जरिवाना गरिएको छ।
