नेपाल आयल निगमले हवाई इन्धनको मूल्य झन्डै दोब्बर बढाएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर १२७ रुपैयाँबाट २५१ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौं, पोखरा र भैरहवामा पनि उल्लेख्य वृद्धि गरिएको छ। नयाँ मूल्य समायोजनले हवाई यात्राको लागत बढ्ने अनुमान गरिएको छ।


