साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। ३४३ कम्पनीको १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८० घटेका छन्। रिलायन्स स्पिनिङ मिल्सलगायत केही कम्पनी सकारात्मक सर्किटमा रहे। अधिकांश उपसूचक बढ्दा उत्पादन समूह सबैभन्दा धेरै उकालो लागेको छ।


