प्रतिनिधि सभा निर्वाचनअघि सर्वसाधारण गाउँ फर्किन थालेका र मध्यपूर्वमा इरान–इजरायल तनावका कारण इन्धन अभावको त्रास बढेपछि काठमाडौंका पेट्रोल पम्पमा भीड देखिएको छ। आइतवार र सोमबार सवारी साधन लाइनमा बसेर इन्धन भरेका छन्। भीड बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने म्यादी प्रहरीले व्यवस्थापनमा सहयोग गरेका छन्।


